डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल स्वास्थ्य डटकम, सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आयोगले लाभको पद लिएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेसँगै उनले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन् । उक्त रिटमाथी आज सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो । कार्कीले ललितपुर क्षेत्र […]

डा.अनुपले खिचेका लाङटाङ भ्यालीका मनै लोभ्याउने फोटोहरु

नेपाल स्वास्थ्य डटकम, लाङटाङ भ्याली नेपालको बागमती प्रदेशको रसुवा जिल्लामा पर्दछ। काठमाडौं उपत्यकाबाट ८० किलोमिटर उत्तरमा अवस्थित यो भ्याली चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ । यो नेपालमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ।हेरौं अर्थोडोन्टिक्स डा. अनुप पन्थीले सो क्षेत्रमा खिचेका मनै लोभ्याउने फोटोहरु: प्रकाशित मितिः २०७९ कार्तिक १५ गते, बिहान ७ः५४ बजे

डेंगु संक्रमणबाट साउनयता ५४ जनाको मृत्यु

नेपाल स्वास्थ्य डटकम, नेपालमा डेंगु संक्रमणबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज डेंगुबाट थप २ जनाको मृत्यु भएसँगै साउनयता ५४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा साउन महिनायता कुल ४६ हजार ७६८ मा डेंगु पुष्टि भएको छ । प्रकाशित मिति: २०७९ कात्तिक १४, दिउसो ४:१० […]

स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने तयारी

नेपाल स्वास्थ्य डटकम, सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ। रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जनलाई पठाउने तयारी गरेको हो l लिविया जान चाहने जनरल सर्जनले कात्तिक १६ गतेसम्म सम्पर्क गर्नुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ l हेरौ सूचना: प्रकाशित मिति: […]

नेपालमा ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ देखियो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस नोट जारी गर्दै तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको कोरोनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस नोट -तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक पहिचान भएको छ l सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक फेला परेको जनाएको छ l जनस्वास्थ्य प्रयोगशालामा नमुनाहरुको जिनोमिक पहिचान गर्दा यो […]

भिटामिन ‘ए’ र जुकाको औषधी स्वास्थ्य संस्थामा थप २ हप्तासम्म उपलब्ध हुने

नेपाल स्वास्थ्यगत कार्तिक २ र ३ गते ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न भएपनि सो अवधीमा छुटेका बालबालिकालाई सरकारले थप २ हप्ताको समय दिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जानकारी दिएको छ । सूचना अनुसार यसरी सो समयमा छुट भएका बालबालिकाको […]

वातावरण विभागको आग्रह- प्लास्टिकजन्य फूलको प्रयोग नगर्नुहोस्

नेपाल स्वास्थ्य वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गर्दे आज सूचना प्रकाशन गरेको छ ।नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध भन्दै मन्त्रालयले सूचना जारी गरेको छ ।सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन दफा […]

जलनका घटनाबाट बच्न अपनाउनुस् यी सर्तकर्ता

नेपाल स्वास्थ्य डेस्क हिन्दु नेपालीहरुको महान् पर्वमध्ये एक तिहार पनि हो । यस पर्वमा पटका पड्काउने, झिलिमिली बत्तिहरु बाल्ने लगायतका धेरै कार्य गरी रमाइलो गर्ने गरिन्छ । यसरी यस्ता कार्यहरु गर्दा जलनको अत्यन्तै जोखिम रहेको हुन्छ । जसका कारण नेपालमा धेरैले ज्यान गुमाउनुको साथै अड्डभड्ड भएर कष्टकर जीवन समेत बिताउनु परिरहेको देखिन्छ । त्यसैले यसप्रकारका […]

क्षयरोगका लक्षण र बच्ने उपाय

-पुष्कर घिमिरे क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो विश्वभर फैलिएको संक्रामक एक सरुवा रोग हो । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । सन् १८८२ मार्च २४ मा जर्मनका वैज्ञानिक रोवर्ट कोचले उक्त किटाणु पत्ता लगाएका थिए । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्वासप्रश्वासको […]

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो

नेपाल स्वास्थ्य डटकम नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यताको तथ्यांक अनुसार हालसम्म ४० हजार २९ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको सूचनामा जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म डेंगुका कारण ४८ जनाको निधन भएको छ । योसँगै डेंगु नेपालमा सबै जिल्लामा फैलिएको छ । […]