जनस्वास्थ्य प्रतिकूल असर पर्ने भन्दै काठमाण्डौं महानगरद्धारा खुला रुपमा आगो बाल्न निषेध

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
काठमाण्डौं महानगरपालिकाले सूचना जारी गर्दे महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउनेजस्ता कार्यले वायुप्रदुषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भन्दै यस्ता कार्यमा प्रतिबन्ध लगाएको छ ।

महानगरपालिकाले निकालेको सूचनामा कसैले यस्तो कार्य गरेमा वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने जनाएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २६ गते, विहान ८ः१५ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *