विभिन्न जिम्मेवारीका साथ निर्वाचनमा खटिदैं स्वास्थ्यका कर्मचारी

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु पनि खटिदैं छन् ।

कर्मचारी खटनपटन गर्दा ठाउँ र अवस्था अनुरुप कर्मचारीलाई विभिन्न जिम्मेवारी दिई खटाइएको देखिन्छ । खासगरी चौथों तहमा कार्यरत कर्मचारीलाई सहायक कर्मचारीमा, पाँचौं तहका कर्मचारीलाई सहायक मतदान अधिकृतमा र अधिकृतस्तरका कर्मचारीलाई मतदान अधिकृतमा खटाइएको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक त्यसैगरी प्रदेशसभातर्फ पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली रहेको हुदाँ स्वास्थ्य सेवामा कार्यरत रहेका धेरै कर्मचारीहरु यसपालिको निर्वाचनमा खटिएको देखिन्छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २७ गते, विहान ८ः१५ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *