आयुर्वेद अनुसार राति कति सुत्ने ?

डा. सुष्मा साउद हजरहरूलाई लाग्छ होला, राति सुतेपछि हाम्रो दैनिक रुटिन सकियो । तर होइन । सुत्ने बेलासम्म त हाम्रो दिनचर्या मात्रै सकिएको हो । यसपछि रात्रिचर्या सुरु हुन्छ, जसमा हामी सुत्छौँ । हजुरले प्रकृतिलाई नियाल्नुभयो भने थाहा पाउनुहुनेछ, गनेचुनेका प्रजातिहरू राति सुत्दैनन् । खासगरी सिकारका लागि । जस्तै उल्लु । बाँकी धेरै प्राणी रातको […]

ब्लग: चिकित्सक र बिरामीबीच विश्वासको सम्बन्ध

डा. दीपक मल्ल अस्पतालको ढोका पार गरेर आउने हरेक बिरामीसँग एउटा परिवारको आशा, विश्वास र सपना जोडिएको हुन्छ। त्यो आशा जोगाउने जिम्मेवारी हाम्रो काँधमा पनि उत्तिकै हुन्छ। हामी चिकित्सक, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीहरू उपचार गर्दा केवल आफ्नो ज्ञान मात्र होइन, आफ्नो समय, पसिना, निद्रा, भोक र मनसमेत समर्पण गरिरहेका हुन्छौँ। धेरै रातहरू आफ्नै परिवारसँग होइन, […]

रुपन्देहीमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु हुँदै

नेपाल स्वास्थ्य, केही वर्षअघिको महामारीको तुलनामा रुपन्देहीमा डेंगु संक्रमितको संख्या घट्दो क्रममा देखिए पनि जोखिम भने उस्तै रहेको छ। वर्षायामसँगै लामखुट्टेको प्रजनन् बढ्ने भएकाले स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहसँगको सहकार्यमा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने भएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोकथामसम्बन्धी समन्वय तथा पूर्वतयारी कार्यक्रममा उक्त […]

अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

नेपाल स्वास्थ्य, जिल्ला अस्पताल अर्घाखाँचीमा मिर्गौलाको डायलासिस सेवा सञ्चालनको तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची सँगै गुल्मीको दक्षिणी क्षेत्र र प्युठानको पूर्वी क्षेत्रका बिरामीहरूलाई सहज सेवा दिने उद्देश्यले जिल्ला अस्पताल सन्धिखर्कमा डायलासिस सेवा सञ्चालन गर्ने काम अगाडि बढाएको थियो। सोही अनुरूप अस्पतालमा डायलासिस सेवाका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडान गर्ने काम भइरहेको अस्पतालले जनाएको […]

बर्ड फ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

नेपाल स्वास्थ्य, काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्ड फ्लु फैलिएको भन्दै आवश्यक सतर्कता […]

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च […]

यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान

नेपाल स्वास्थ्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ।  प्राधिकरणकी सूचना अधिकारीका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्। यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान छ भने कर्णाली […]

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो । गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका […]

सिद्धार्थनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल स्वास्थ्य, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा मंगलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा १५६ जनाले आँखा परीक्षण गराएको वडा कार्यालयले जनाएको छ ।कार्यक्रम सिद्धार्थनगर–५ स्थित मारवाडी सेवा संघको सभाहलमा […]

प्यूठानको नारीकोटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल स्वास्थ्य, प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ७ नारीकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। वडा कार्यालयको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। गौमुखी गाउँपालिका वडा नं. ७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि., बुटवल र निमतारा […]