मुस्कान पंन्थी, अप्टोमेट्रिस्ट
नेपालमा दिनानुदिन आँखा सम्बन्धी समस्याका बिरामी बढ्दैं गइरहेको देखिन्छ । यसका लागि हामी सामान्य सर्तकता अपनायौं भने धेरै हदसम्म आँखा सम्बन्धी रोगबाट हामी छुटकारा पाउन सक्छौं । मानिसको दृष्टि तलमाथी भए संसारनै अन्धकार हुने गर्दछ । तसर्थ पनि यसबाट बच्नको लागि केहि उपाय अबलम्बन गर्न सकियो भने अवश्य यसले स्वास्थ्यको लागि फाइदा गर्दछ ।
१) खानेकुरा खाँदा स्वस्थ्यकर र भिटामिनयुक्त खानेकुरा खाने । ओमेगा जस्तोकी प्याटी एसिड, ल्युटिन, जिंक तथा भिटामिन सी र ई जस्ता पोष्क तत्वहरु मिसिएको खानेकुराले् मोतियाबिन्दु तथा म्याकुलर डिजेनेरेसनजस्ता समस्याबाट बच्न सघाउ पुर्याउँदछ । हरियो सागपात तथा तरकारीहरू खाने गर्नुपर्दछ । अण्डा, नट, सिमी, र अन्य गैर मासु प्रोटीन स्रोतहरु, सुन्तला र अन्य सिट्रस फल वा जुस खानुपर्दछ ।
२) धुम्रपानले आँखालाई असर गर्ने हुदाँ यसको सेवन रोक्नुपर्दछ ।
३) सनग्लास लगाउने जसले गर्दा सूर्यबाट आउने पराबैजनिक किरणहरुबाट आँखालाई जोगाउन सकिन्छ।
४) लगातार कम्युटर स्क्रिनमा बसेर काम नगर्ने ।
यी र यस्ता केही उपाय अपनाउन सकियो भने आँखालाई स्वस्थ्य राख्न सकिन्छ ।
आँखाको सानो लापरवाहीले पनि पछि ठूलो समस्या वा दृष्टि गुम्नेसम्मको जोखिम निम्त्याउन सक्छ। त्यसैले, दैनिक जीवनमा साना-साना सकारात्मक बानीहरू अपनाएर आफ्ना आँखाहरूलाई सधैँ स्वस्थ र सुरक्षित राखौँ।
प्रकाशित मितिः २०८३ असोज १० गते, दिउँसो ४:०५ बजे

