कविता: मेरो सेतो कोट अझै सफा छ

डा. दिलजान मन्सुर म झुटो आश्वासन बेचेर धनी र प्रसिद्ध हुन सक्थेँ,अनेकौं पुरस्कारले सजिन सक्थेँ,यदि मैले उनीहरूको जुत्ता चाट्न सिकेको भए। म झुकेको मेरुदण्डसँगैमुस्कान बेच्न सक्थेँ,सत्य साटेर ताली किन्न सक्थेँ,आत्मा बेचेर सम्मानको मञ्च चढ्न सक्थेँ। मेरो नाम झिलिमिली बत्तीहरूमा चम्किन्थ्यो,सुनौलो फ्रेममा मेरो तस्वीर टाँसिन्थ्यो,खल्ती भरिन्थ्यो,तर मन रित्तो हुन्थ्यो। म पनि सत्य लुकाएर भन्न सक्थेँ,मधुमेह र […]

कविता- “सेतो एप्रोनभित्र लुकेको कथा”

विप्लवी सापकोटा जब सहर निदाउँछ,अस्पतालको झ्यालमाएक्लो बत्ती अझै बलिरहन्छ—त्यही उज्यालोमातिमी उभिएकी हुन्छौ, नर्स। घरमा आमा कुर्दै हुनुहुन्छ,बाबाको आँखामा चिन्ता छ,छोराछोरीले“आमा कहिले आउनुहुन्छ?” भन्छन्—तर तिमीअरूको आमा बनेरवार्डमा बसेकी हुन्छौ। कसैले सुन्दैनतिम्रो थकित सास,कसैले देख्दैनतिम्रो आँसु,किनकि तिमीलाईरोइनु भन्दा पहिलेअरूलाई बचाउनु पर्छ। मृत्युसँग संघर्ष गर्दैजीवन सम्हाल्ने हातहरू,रगत, पीडा र आँसुले भिजेकातर कहिल्यै थाकेको नदेखिने मन,त्यही मनभित्रकति पटकतिमी आफैं […]

हेमन्त गिरीको कविता- छोराछोरी बोल्दैनन् !

हेमन्त गिरी रिसाएका हैनन्तरबोल्दैनन् ! “छोरा,अब त बसे पनि हुँदैन र आफ्नै देश ?नगए हुँदैन र पराइको परदेश ?माटो आफ्नै, बाटो आफ्नैहावा आफ्नै, पानी आफ्नैअब माया मार् बाबु, बिरानो मुलुकलाई !”सुनी मात्र रहन्छ,छोरो बोल्दैन ! “बुहारी,तिमी पनि त छोरी हौसम्झाऊ न यसलाईतिमीले भने मान्छ किघरको मायाले तान्छ कि !”पल्याक पुलुक छोरोलाईहेरी मात्र रहन्छिन्,बुहारी पनि बोल्दिनन् […]

कविता- अस्पतालबाट घाइते उठेको छैन

अन्वेषण अधिकारी अस्पतालबाट घाइते उठेको छैनखरानी भर्भराउँदो छसहीदको शव उठेको छैन गोली खाएको जवानसँगअझै बर्दी भिर्ने हिम्मत जुटेको छैन आमाका आँखा ओभाएकै छैनन्जो मरेपनि उनकै सन्तान हुन्आँशुका धारा टुटेको छैन यो सन्नाटामा काल पनि बौलाएर हाँस्छजब दुलोबाट टाउको उठाएरहत्याराले भन्छ :“हामी फेरि उठ्छौंहाम्रो मनोबल टुटेको छैन “ प्रकाशित मिति: २०८२ भाद्र ३१ गते, दिउँसो १:३९ […]

चन्द्र भण्डारीको कविता: ‘विचारको युद्ध मैदान’

चन्द्र भण्डारी देश चली रहेछ,भित्र भित्रै बली रहेछ,मेरो मन भतभती पोली रहेछ,मुद्दाहरूको चाङ्ग छ, बहस हुन्छ,तर,फैसला हुँदैन,देश अनिर्णय को बन्दि बन्दै छ,समयमा निर्णय नगर्नु पनि भ्रष्टाचार हो,भन्ने बुझाउन पनिहम्मे हम्मे परेको छ,देशको सिमानाले सुरक्षा खोजेकोभष्ट्रचारले औषधीतरसबै वाक युद्धमा,अभ्यस्त र व्यस्त छन्,सत्यको खोजीको बाटो नै हराएको छ ।के गर्ने चारैतिर अन्धकार देख्न थाले आँखालेबुढ्यौली हो कि,सत्य […]

चिकित्सक भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक

नेपाल स्वास्थ्य, त्रिवि शिक्षण अस्पतालमा कार्यरत ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उनलेे आफ्नो युट्युब च्यानल मार्फत “जीवन यो रहेसम्म” गीत सार्वजनिक गरेका हुन्। प्रकाशित मिति: २०८२ बैशाख २५ गते, बिहान ६:२५ बजे

‘मुटुको कथा’ पुस्तक ल्याउँदै डा.राजेन्द्र कोजु

नेपाल स्वास्थ्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले ‘मुटुको कथा’ पुस्तक ल्याउने भएका छन् । बुकहिल पब्लिकेशनमार्फत प्रकाशन हुन लागेको पुस्तकमा मुटु नै हल्लाउने शक्तिशाली कथाहरु रहेको जनाइएको छ । यस पुस्तकका बारेमा कलाकार हरिवंश आचार्यले लेखेका छन, तपाईंका लेख/रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा […]

डा. राजेन्द्र कोजुको कविता ‘आमा’

डा. राजेन्द्र कोजु आमाशब्दै काफी छमनलाई तरंगीत बनाउनपुलकित हुनस्नेहमयी बनाउनशान्त पार्नआमासम्झे पुग्छआफैमा हराउनहौसला जगाउनमिहेनत गर्ननिडर हुनआमासंगै भए त झन्म जत्तिको सुखीम जत्तिको खुसीम जत्तिको भाग्यमानीमलाई जत्तिको आनन्द कसलाई होलाभन्नेआत्मबिभोर नै हुन्थ्योआमातिम्रो माया, तिम्रो साथतिम्रो स्याहार, तिम्रो हेरविचारजहिले मनमा आउँछ, आइरहन्छ, आइरहनेछअन्त – अनन्तसम्मचितासम्मप्रमाणित गर्न सके परलोकसम्मआमातिमि म भित्रै हुनुहुन्छयहिँ भित्रैमनभित्रै, मुटुभित्रैहरेक श्वासमा, हरेक कर्ममा,हरेको दायित्वमा, […]

मृत्यु, जीवनको पहिलो पाठशाला (कविता)

निष्प्रभ सजी मृत्युसधैं थियो हामी बीचसँधै रहनेछ हामी बीचहामीले बाँच्नु पर्ने जीवन किन्न निस्किँदाबिर्सिएका हुनसक्छौं यसको उपस्थितिबनाएका हुनसक्छौं बनाउन नपर्ने जीवन तालिकाबुनेका हुन सक्छौं बुन्न नपर्ने सपनात्यैसैले ऊ आइरहन्छ सम्झाउनहामीलाई भत्काउनहामीलाई उधार्नऊआइरहन्छहामीलाई सिकाइरहनबारम्बार भनिरहनमाया बाँडेर बाँचिरहनपर्दैन सपना सँचिरहनदुःख लिएर त म आउने नै छु ।सिक, छातीमा टाँसिरहन ! प्रकाशित मितिः २०८१ जेठ ३२ गते, बिहान […]

सुवास ढुङ्गेलको कविता- ‘मेरी आमा’

सुवास ढुङ्गेल मेरो टाउको तातेको,चड्किएको,थर्मोमिटर भन्दा पहिले,उनी, अनुहार हेरेरै थाहा पाउँछिन ।सुम्सुम्यार, भिक्स घसेर,’ सन्चो भो’ ? भनेर सोध्छिन् ।उनी मेरो कुर्कुचा फुटेको देख्नै सक्तिनन् ।ग्लिसिरिन दलेर,नङले कोतरेर,सफा पारिदिन्छिन ।मेरा जीउमा देखिएका दाग धब्बा जम्मै निको पार्नचर्म चिकित्सक झैँ,लागिपर्छिन्।उनी म थोरै थकित भएको पनि सुन्नै सक्तिनन् ।फिजियोथेरापिष्ट झैँटाउको देखि पैतालासम्मतेल घसेरपञ्जाले सेकेरपैतालाले टेकेरथकान सफाचट गरिदिन्छिन् […]