अन्वेषण अधिकारी
अस्पतालबाट घाइते उठेको छैन
खरानी भर्भराउँदो छ
सहीदको शव उठेको छैन
गोली खाएको जवानसँग
अझै बर्दी भिर्ने हिम्मत जुटेको छैन
आमाका आँखा ओभाएकै छैनन्
जो मरेपनि उनकै सन्तान हुन्
आँशुका धारा टुटेको छैन
यो सन्नाटामा काल पनि बौलाएर हाँस्छ
जब दुलोबाट टाउको उठाएर
हत्याराले भन्छ :
“हामी फेरि उठ्छौं
हाम्रो मनोबल टुटेको छैन “
प्रकाशित मिति: २०८२ भाद्र ३१ गते, दिउँसो १:३९ बजे

