नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले स्वदेश तथा विदेशमा कार्यरत नेपाली विज्ञहरूलाई रोष्टरमा समावेश हुन आवेदनका लागि आग्रह गरेको छ । स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास र वित्तीय व्यवस्थापन कार्यका लागि विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ ।
रोष्टरमा समावेश हुनका लागि आवेदकले उल्लेखित कुनै एक क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । जनस्वास्थ्य, स्वास्थ्य अर्थशास्त्र, एकचुअरी विज्ञान, स्वास्थ्य नीति, चिकित्सा विज्ञान, सूचना प्रविधि, जनप्रशासन, कानुन वा सम्बन्धित विषयमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेको तथा स्वास्थ्य बीमाका क्षेत्रमा सकारात्मक योगदान पुर्याउँदै आएको व्यक्ति हुनुपर्ने बोर्डले जनाएको छ ।
प्रकाशित मितिः २०८२ भाद्र १६ गते, बिहान ६ः५२ बजे

