फोक्सो सफा गर्ने प्राकृतिक तरिका

टिप्स

नेपाल स्वास्थ्य,
फोक्सोलाई सफा गर्न र फोक्सोको स्वास्थ्य सुधार गर्न सम्भव र त्यत्तिकै रुपमा पनि अति आवश्यक छ। कुनै पनि व्यक्तिले आफ्नो फोक्सो स्वस्थ्य राख्नको लागि हानिकारक विषाक्त पदार्थहरू जस्तै चुरोटको धुवाँ र वायु प्रदूषणबाट जोगिनु अति आवश्यक छ । सँगसँगै व्यक्तिले आफ्नो जीवनशैली, व्यवहार, नियमित व्यायाम र राम्रो खानापानमा समेत त्यत्तिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ ।नियमित रुपमा योग गर्न सके यसले समेत फोक्सोमा राम्रो प्रभाव पार्दछ । यहाँ केही उपायहरु सुझाइएको छ जसले अवश्य पनि फोक्सोलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँदछ ।
१. स्टीम थेरापीः
खासगरी वायुमार्ग खोल्न र फोक्सोमा भएको खकार बाहिर निकाल्न स्टीम थेरापीले सहयोग गर्दछ।

२. भिटामीन ‘सी’ युक्त फलफूलको सेवनः
भिटामिन ‘सी’ युक्त फलफुलको सेवनले फोक्सोलाई सफा बनाउने काम गर्छ। सुन्तला, कागतीजस्ता अमिलो स्वाद आउने फलफूलले फोक्सोलाई स्वस्थ र बलियो बनाउन धेरै हदसम्म सघाउँछ। भिटामिन–सीले फोक्सोका विकार हटाउँछ र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउने काम गर्दछ।

३. सास लिने र छाड्ने अभ्यासः
यो पनि फोक्सो सफा गर्ने एक उपर्युक्त तरिका हो । यदि हामिले ब्रिदिङ एक्सरसाइज वा भनौं सास लिने र छाड्ने अभ्यास गर्ने हो भने फोक्सोलाई सफा गरेर त्यसको कार्यक्षमतामा सुधार गर्नमा यसले योगदान दिन्छ ।

४.बिहानको खुला हावामा हिँड्ने वा दौडने,

५. ज्वानो, यष्टीमधु, अदुवा, अनार, पुदिना, ग्रीन टी: लगायतका खानेकुराको उचित संयोजन गर्दे सेवन गरे अवश्य पनि फोक्सो धेरै हदसम्म स्वस्थ्य रहन्छ ।

प्रकाशित मिति: २०८२ असोज ६ गते, बिहान ७:५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *