नेपाल स्वास्थ्य डेस्क
मानव जीवनको अपरिहार्य आवश्यकताहरुमध्ये यौन पनि एक हो । विभिन्न अध्ययनले स्वस्थ तवरले राखिने यौनसम्पर्कले फाइदा पुग्ने देखाएका छन् । यौन सम्बन्ध शारीरिक सुखको लागि मात्रै नभएर यो मानसिक स्वास्थ्यको हिसाबले समेत फाइदाजनक भएको पुष्टि भएको छ ।
यसबाट हुने फाइदाहरुलाई संक्षेपमा उल्लेख गरौं ।
-यसले मुटु रोगीको लागि फाइदा पुर्याउँन्छ । कम्तिमा हप्ताको २, ३ पटक यौन सम्पर्क राखिए त्यो मुटु रोगिको लागि फाइदाजनक हुने अध्ययनले बताएको छ ।
-यसले मानिसलाई हुने विभिन्न किसिमका तनावबाट समेत मुक्त गराउँछ ।
-त्यस्तै मानिसमा रोग प्रतिरोधी क्षमताको समेत वृद्धि गराउन यो सहयोगी हुन्छ ।
– नियमित यौनसम्पर्कले मिठो निद्रा समेत लाग्ने हुन्छ ।
-महिलाहरुमा हुने अनियमित महिनावारी तथा गडबडलाई समेत यसले नियमित बनाउन सघाउ पुर्याउँदछ । शरीरमा हर्मोनको सन्तुलन गराउन सहयोगी हुने हुदाँ महिनावारीको बेला हुने विविध स्वास्थ्य समस्या पनि कम गर्न सघाउ पुर्याउँदछ ।

