बिरामी मान्छे

गृहपृष्ठ साहित्य

-डिएमसी

ती मान्छेहरु जो सधै बिरामी रहे
तर अहँ वास्तविक रोगले गलेर होइन
कतै दुर्घटनामा परेर होइन
फगत रतन्धोले छोपिएका नयन
अहंकारको दम्भले जेलिएपछि
लालसाले बनेका
बिरामी मान्छे ।

मेसिनबाट श्वास लिइरहेका
बाँच्ने आशमा बेडमा पल्टिरहेका
ति पो खास बिरामी
स्वस्थ्य हुदाँहुदै चेत थला परेका
अस्पताल नगई मिठा वचनले
समाज चुसिरहेका
बिरामी मान्छे ।

हेर्दा खाइलाग्दा देखिएका
दरिद्रताको असली पहिचान लुकाएका
गरिब, असहाय र निमुखालाई
सुइले भन्दा बढि खोच्ने ति
वर्षोदेखी जरा गाडेर बसेका
समाजका एलिट
बिरामी मान्छे ।

 

लेखकको यो कविता स्वास्थ्यखबर पत्रिकाबाट साभार गरिएको हो -सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *