नेपाल स्वास्थ्य, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले पछिल्लो समय रगत अभाव बढ्दै गएकाले चेतना बढाउन रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
प्रकाशित मिति: २०८२ असोज ६ गते, बिहान ७:५९ बजे

