निष्प्रभ सजी
मृत्यु
सधैं थियो हामी बीच
सँधै रहनेछ हामी बीच
हामीले बाँच्नु पर्ने जीवन किन्न निस्किँदा
बिर्सिएका हुनसक्छौं यसको उपस्थिति
बनाएका हुनसक्छौं बनाउन नपर्ने जीवन तालिका
बुनेका हुन सक्छौं बुन्न नपर्ने सपना
त्यैसैले ऊ आइरहन्छ सम्झाउन
हामीलाई भत्काउन
हामीलाई उधार्न
ऊ
आइरहन्छ
हामीलाई सिकाइरहन
बारम्बार भनिरहन
माया बाँडेर बाँचिरहन
पर्दैन सपना सँचिरहन
दुःख लिएर त म आउने नै छु ।
सिक, छातीमा टाँसिरहन !
प्रकाशित मितिः २०८१ जेठ ३२ गते, बिहान ९ः०१ बजे

