चन्द्र भण्डारी
देश चली रहेछ,
भित्र भित्रै बली रहेछ,
मेरो मन भतभती पोली रहेछ,
मुद्दाहरूको चाङ्ग छ, बहस हुन्छ,
तर,
फैसला हुँदैन,
देश अनिर्णय को बन्दि बन्दै छ,
समयमा निर्णय नगर्नु पनि भ्रष्टाचार हो,
भन्ने बुझाउन पनि
हम्मे हम्मे परेको छ,
देशको सिमानाले सुरक्षा खोजेको
भष्ट्रचारले औषधी
तर
सबै वाक युद्धमा,
अभ्यस्त र व्यस्त छन्,
सत्यको खोजीको बाटो नै हराएको छ ।
के गर्ने चारैतिर अन्धकार देख्न थाले आँखाले
बुढ्यौली हो कि,
सत्य हो ?
बिरामी हुँदा पनि आनन्द हुँदो रहेछ
मृत्युको मुख देख्न सके
तर
जीवन कठिन रहेछ बाँच्नका लागी
मानिस भएर,
चिलले लासको आस गर्नु अधिकार मान्न सकिन्छ
तर अधिकारका कुराले नथाक्ने कर्तव्य भुल्नेहरुलाई के थाह लास हुन अघिसम्म त उसलाई
पनि बाँच्ने अधिकार छ,
खुकुरीमा धार लगाएर फोटो खिच्नेलाई के भनौं र खै?
युद्ध मैदानमा हुन्छ,
फोटोमा होइन,
त्यसैले,
जाउँ अब विचारको युद्ध मैदानमा
फोटो त्यतै खिचौंला !!!
प्रकाशित मिति: २०८२ बैशाख २५ गते, बिहान ७:१२ बजे

