डा. राजेन्द्र कोजु
आमा
शब्दै काफी छ
मनलाई तरंगीत बनाउन
पुलकित हुन
स्नेहमयी बनाउन
शान्त पार्न
आमा
सम्झे पुग्छ
आफैमा हराउन
हौसला जगाउन
मिहेनत गर्न
निडर हुन
आमा
संगै भए त झन्
म जत्तिको सुखी
म जत्तिको खुसी
म जत्तिको भाग्यमानी
मलाई जत्तिको आनन्द कसलाई होला
भन्ने
आत्मबिभोर नै हुन्थ्यो
आमा
तिम्रो माया, तिम्रो साथ
तिम्रो स्याहार, तिम्रो हेरविचार
जहिले मनमा आउँछ, आइरहन्छ, आइरहनेछ
अन्त – अनन्तसम्म
चितासम्म
प्रमाणित गर्न सके परलोकसम्म
आमा
तिमि म भित्रै हुनुहुन्छ
यहिँ भित्रै
मनभित्रै, मुटुभित्रै
हरेक श्वासमा, हरेक कर्ममा,
हरेको दायित्वमा, हरेक कर्तव्यमा
तिम्रै कल्पले त म यहाँ छु
तिम्रै रेखदेखले त म यत्तिको भाको छु
र त
तिम्रो सम्झना,
तिम्रो कल्पना,
तिम्रो महशुस
म हरपल गर्न चाहन्छु, गर्ने गर्छु, गरिरहनेछु ।
प्रकाशित मितिः २०८१ असार १९ गते, बिहान ६ः५१ बजे

