स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले अबदेखि बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड ( (ईएमआर)) प्रणाली लागू गर्न निर्देशन दिएको छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट अझै पनि हस्तलिखित (म्यानुअल) रूपमा दाबी पेश हुने गरेको र त्यसले गर्दा रुजु तथा मूल्याङ्कनमा अत्यधिक समय लाग्ने गरेको जनाएको छ। म्यानुअल दाबीका कारण भुक्तानीमा ढिलाइ भई गुणस्तरीय सेवा प्रवाहमा समेत बाधा पुगेकाले डिजिटल प्रणाली अनिवार्य गरिएको बोर्डले जनाएको छ। 

प्रकाशित मिति: २०८३ भाद्र १९ गते, साँझ ८:२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *