नेपाल स्वास्थ्य,
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ उपकरण भित्रिएको छ । यो क्यान्सरका बिरामीलाई ‘सेकाइ’ गर्ने मेसिन हो अर्थात रेडियसन थेरापी प्रविधिबाट उपचार गर्नुपर्ने बिरामीको लागि आवश्यक मानिन्छ ।

यो उपकरण भित्रिएसँगै क्यान्सरका बिरामीहरु लाभान्वित हुनेछन् । यस उपकरणको अभावमा बिरामीलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता रहेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताउँदैं यसले बिरामीलाई धेरै सहजता हुने बताउनु भयो । उपकरण्को संचालन आवश्यक व्यवस्थापन गर्दे छिटो संचालन गरिने अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः २०७९ पुस २८, बिहान ८ः४० बजे

