बाढीपीडितका लागि डब्लूएचओको १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ ।

डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्‌कालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो । ‘डब्लूएचओ नेपालमा आपत्‌कालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ’, विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भने ।

प्रकाशित मिति: २०८२ भाद्र १४ गते, राती ८:२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *