नेपाल स्वास्थ्य
केही समय यता देशभर चिसो बढेको छ । चिसो बढ्दा स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै जनजीवन समेत कष्टकर बन्दछ । । खासगरी शीतलहर र हिमपातले धेरैलाई प्रभावित पार्न सक्ने सम्भावना रहन्छ । कसरी बच्ने त शितलहर र हिमपातबाट भनी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले तयार पारेका उपायहरुबारे जानौं ।

– शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यानो लुगा लगाउने,
– कोठा न्यानो पार्ने र पर्याप्त हावा ओहोर दोहोर हुने गरी व्यवस्था गर्ने,
– बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगीलाई चिसोबाट बचाउने,
– आमाको दूध खाने बच्चाहरुलाई नियमित रुपमा स्तनपान गराउने,
– तातो तथा पोषिलो झोल पदार्थहरु प्रशस्त मात्रामा सेवन गर्ने तथा धुम्रपान र मद्यपान नगर्ने,
– स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, कडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार घ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने,
-सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बालि झ्याल ढोका बन्द गरेर नसुत्ने, यदि सुतेमा निस्सासिएर मृत्यु हुने खतरा हुन्छ ,
-आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछाड्ने ।
प्रकाशित मितिः २०७९ मंसिर ९ गते, विहान ७ः२७ बजे ।

