नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दे छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट वी.एफ. ७ नेपालमा हालसम्म देखा नपरेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए।
केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको र सबै सिमानाका विन्दुका स्वास्थ्य सहायता कक्षहरुमा स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी गर्न आग्रह गरेको छ।
प्रकाशित मितिः २०७९ पुस ७, राती १०ः२१ बजे

