नेपाल स्वास्थ्य,
आफूलाई कृषि विज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईलेले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई ‘शुभद्रा-मदन फाउन्डेसन’ बाटै पक्राउ गरेको हो। फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको समाचार प्रकाशन भएसँगै उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मितिः २०८० बैशाख २९, राती ८ः२९ बजे

