बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिम प्रदेश र निक साइमन्स इन्सिच्युटद्वारा गरिएको न्यूनतम सेवा मापदण्डको अनुगमन मूल्यांकनमा जिल्ला अस्पताल बैतडीले ९५ प्रतिशत अंक ल्याउँदै देशभरबाट उत्कृष्ट हुन सफल भएको छ। देशभर रहेका प्राथमिक अस्पतालहरुको मुल्यांकनका आधारमा बैतडी जिल्ला अस्पताल उत्कृष्ट ठहरिएको हो ।


अस्पतालको गत वर्ष ८९ प्रतिशत अंक रहेको थियो । सो अंकमा ६ प्रतिशत बढाउँदै अहिले ९५ प्रतिशत अंक प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा/सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्था लगायतका सूचकहरुका आधारमा मूल्यांकन गर्ने गरिन्छ । यतिबेला अस्पतालले नयाँ भवनबाट सेवा दिइरहेको छ ।

यसैगरी दमौली अस्पताल तनहुँले ९२ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् ।


प्रकाशित मितिः २०८० जेठ १ गते, बिहान ८ः२७ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *