नेपाल स्वास्थ्य,
प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्सा शास्त्रतर्फ पनि प्रदान गरिने भएको छ ।
चिकित्सा शास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ । पुरस्कारको राशी एक लाख रहेको छ । पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको छ ।
फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार दिइनेछ ।
प्रकाशित मितिः २०८० बैशाख २५ गते, बिहान ६ः४० बजे।

