नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ एकाइ गठन गरेको छ । स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाइ गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए ।
एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रूपमा रहेका छन् ।
प्रकाशित मितिः २०८१ मंसिर २१ गते, बिहान ७ः४० बजे

