आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

स्वास्थ्य समाचार हेडलाइन्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ । स्पतालहरूले आफ्नो कार्यभार र जनशक्ति हेरी आइतबारका दिन समेत बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, कर्मचारी व्यवस्थापन मिलाउँदा हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने गरी दुई दिनको बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। यदि कुनै अवस्थामा बिदा दिन सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

प्रकाशित मितिः २०८२ चैत्र २८ गते बिहान ६ः०७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *