नेपाल स्वास्थ्य डटकम
पूर्व स्वास्थयमन्त्री विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडा एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका हुन् । एमालेका महेश बर्तोलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरे भने खतिवडाको मत ३० हजार ३ सय ९६ रहेको छ ।
नेकपा एमालेबाट बिद्रोह गरी छुट्टै पार्टी गठन गरी सरकारमा जाँदा खतिवडा समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए ।
प्रकाशित मितिः २०७९ मंसिर ८ गते, बिहान ८ः२५ बजे

