नेपाल स्वास्थ्य डटकम,
स्थानीय सरकारी सेवा अन्तर्गत प्रदेश लोक सेवा आयोग प्रदेश नं.१ ले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खोलेकोे छ । जस अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, कविराज, ल्याब टेक्निसियन,एनेस्थेसिया सहायक, डेण्टल हाइजिनिष्ट,अहेव अनमी,बैध र ल्याब असिस्टेण्ट लगायतका पदमा विज्ञापन गरेको हो । यिनी पाँचौं र चौथौं तहका पदहरु हुन् ।
आयोगका अनुसार दरखास्त दिने अन्तिम मिति यहि मंसिर २५ गतेसम्म रहेको छ ।
हेरौं पूरा विवरणः
प्रकाशित मितिः २०७९ मंसिर ६ गते, दिउँसो १२ः२० बजे।

