नेपाल स्वास्थ्य,
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा काठमाडौंको क्षेत्र नं. ४ बाट विजयी भएका छन् । एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गर्दे थापाले सफलता प्राप्त गरेका हुन् । थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । थापा सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा समेत विजयी भएका थिए ।
प्रकाशित मितिः २०७९ मंसिर ६ गते, बिहान ११ः५० बजे

