देशका विभिन्न ठाउँमा मतगणना सुरु

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
देशका विभिन्न ठाउँमा मतगणना सुरु भएको छ । हिजो साँझ ५ बजे मतदान सम्पन्न भएपछि देशका विभिन्न ठाउँमा गणनाको कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ । ललितपुर १, काठमाण्डौंका अधिकांश निर्वाचन क्षेत्रहरुमा मतगणना सुरु भएको छ । त्यसैगरी ललितपुरका विभिन्न क्षेत्रमा पनि मतगणना सुरु भएको छ । रवी लामिछाने उम्मेदवार रहेको चितवन २ मा पनि मतगणना सुरु भएको छ ।
पूर्व स्वास्थ्यमन्त्रीहरु गगन थापा र उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा पनि मतगणना सुरु भएको छ । स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको क्षेत्रमा पनि मतगणना सुरु भएको छ ।
योसँगै कांग्रेसका योगेश गौचन थकाली मुस्ताङबाट विजयी भएका छन् ।

प्रकाशित मितिः २०७९ मंसिर ५, दिउँसो २ः५५ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *