पूर्व स्वास्थ्यमन्त्री यादव सप्तरी २ बाट पराजित

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका हुन् । मधेस आन्दोलनबाट उदाएका यादवलाई मधेसकै अर्का चर्चित नेता सीके राउतले १८ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । सीके राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा उपेन्द्र यादवले जम्मा १६ हजार ९६९ मतमात्रै आफ्नो पक्षमा पार्न सके ।
यादव नेपालमा पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत भैसकेका व्यक्ति हुन् ।

प्रकाशित मितिः २०७९ मंसिर ८ गते, बिहान ८ः३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *