नेपाल स्वास्थ्य डटकम,
एमालेका सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो जित सुनिश्चित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मात्रै मत पाए।
यसैगरी संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले ८२८, जनता समाजवादी पार्टीका उम्मेदवार चन्द्र मादेनले ४३८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले २८०, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रकुमार लिम्बूले १७६ र स्वतन्त्र उम्मेदवार सञ्जुकुमार पालुंवाले जम्मा १३३ मत पाए।
प्रकाशित मितिः २०७९ मंसिर ८ गते, बिहान ८ः५५ बजे

