ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनले ३१ हजार १ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यसैगरी माओवादी केज्द्रकी नेतृ तथा ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसालले जम्मा ८ हजार ७ सय ६९ मत ल्याइन् ।
यहाँ गठबन्धनबाट उम्मेदवार रहेकी भुसाललाई मुख्य दाबेदारको रुपमा हेरिएपनि उनी तेस्रो स्थानमा पुगेकी छिन् ।

प्रकाशित मितिः २०७९ मंसिर ८ गते, बिहान ९ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *