नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिवमा शर्मा

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी डा. रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित हुन सफल भए । उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा संगिता विष्ट निर्वाचित भएको जनाइएको छ ।

त्यस्तै महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदार प्रसाद साह र विवेक श्रेष्ठ र कोषाध्यक्षमा गोपिना राई, कोषाध्यक्षमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्य खुल्लामा श्रृष्टि प्रजापति र मनोज भट्टराई निर्वाचित भएका छन् भने सदस्य महिलामा शौभाग्य डंगोल निर्वाचित भएका हुन् ।

२३औँ कार्यसमितका लागि भएको निर्वाचनमा ९९२ मत मात्र खसेको थियो।

प्रकाशित मितिः २०७९ फागुन २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *