यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ । डा. क्षेत्री पश्चिमाञ्चल क्षेत्रिय अस्पताल कास्की, पोखरामा कार्यरत छन् । उनलाई १ लाख राशीको उक्त पुरस्कार दिइएको हो । त्यसैगरी ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा:
– नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ,
– कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्र प्रसाद यादव,
– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा. मोनकर्ण थापा,
– उपचारात्मक महाशाखाकी डा. पोमावती थापा रहेका छन् ।
उनीहरुलाई आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो ।

प्रकाशित मितिः २०७९ फागुन १५, दिउँसो १२:१९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *