नेपाल स्वास्थ्य, तीते करेला फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। यसका फाइदाहरु जानौं।

जुका परेमा:
तीन दिनसम्म १/१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ ।
जण्डिस(कमलपित्तमा):
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
उच्च रक्तचाप:
उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ ।
तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
प्रकाशित मिति: २०८१ जेठ १९ गते, दिउँसो १२:५९ बजे
पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

