डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आयोगले लाभको पद लिएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेसँगै उनले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन् । उक्त रिटमाथी आज सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो ।

कार्कीले ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी छिन् ।

प्रकाशित मितिः २०७९ कार्तिक १५ गते, दिउँसो ५ः ३५ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *