नेपाल स्वास्थ्य डटकम
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।
बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।
प्रकाशित मितिः २०८० श्रावण ५ गते, बिहान १ः०३५ बजे

