नेपाल स्वास्थ्य डटकम,
यस वर्षको ‘निक साइमन्स अवार्ड’ जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेले बापत मानेडाँडा आधारभूत अस्पताल भोजपुरमा कार्यरत उनलाई ‘एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ मा उक्त अवार्ड प्रदान गरिएको हो ।
सम्मेलनमा ५१ जिल्लाका ९१ जना ग्रामीण क्षेत्रमा काम गरिरहेका प्यारामेडिक्स, नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । सम्मेलन निक साइमन्स इन्स्टिच्युटले १४ वर्षदेखि आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र १०, बिहान ७ः०७ बजे

