नेपाल स्वास्थ्य,
लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास हो ।
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रूपमा यस पुस्तकमा उनेका छन् ।
यो पुस्तक इन्डिगो इन्कले बजारमा ल्याएको हो । लेखक समिर लामो समयदेखि स्वास्थ्य क्षेत्रमा संलग्न छन् ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ ०६:२०

