नेपाल स्वास्थ्य डटकम,
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो। लामो समय चिकित्सा पेसामा बिताएका डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको तरिका र चिकित्सकको दायरा लगायतका कुरा पुस्तकमा उल्लेख गरेका छन्।
पुस्तकको लोकार्पण स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले गरेका हुन्।
प्रकाशित मितिः २०८० असार २५, बिहान ६:१९ बजे

