अर्जुन पराजुली
कवि अर्जुन पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह कुटिएको बिषयलाई आधार बनाएर लेख्नुभएको कविता:
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा
हिड्ने
को हो त्यो डाक्टर ?!
राष्ट्रपति सवारी हुने बेलामा
बिरामी हुनेको हो त्यो बिरामी ?!
डाक्टरसाहेब !
बिरामी चेक गर्न जानै थियो
एक–घण्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामीसाहेब !
बिरामी हुने थियो
एक–घण्टा पछि भएको भए के हुन्थ्यो ?!

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ०६:५३

