नेपाल स्वास्थ्य डटकम,
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औं शिशु प्रदर्शनी गर्ने भएको छ। अस्पतालले जारी गरेको सूचना अनुसार जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ ।
प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि हुनेछ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने जनाइएको छ ।
प्रकाशित मितिः २०८० असार २५ गते, दिउँसो ३ः२३ बजे

