नेपाल स्वास्थ्य,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.संगीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अन्य प्रतिवादीहरूमा स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पध्मा मिश्र, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक संजयकुमार साह, म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. र सो कम्पनीका सुन्दर भुसाल रहेका छन् । अख्तियारले करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।
प्रकाशित मितिः २०८२ कार्तिक ३ गते, बिहान ४ः३८ बजे

