प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्नुपर्छ: मुख्यमन्त्री आचार्य

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए। ‘प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ। जनशक्ति पर्याप्त छ। तर, बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन्। प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ।’

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता, मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता र स्वास्थ्यमन्त्री खेमबहादुर सारुकाे बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०८२ कार्तिक १९ गते, बिहान ६:२८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *