नेपाल स्वास्थ्य डटकम,
नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया एक विदेशी महिलामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको हो ।
ती महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि राष्ट्र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको नमुना परीक्षणमा मंकीपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित मितिः २०८० असार ३ गते, बिहान ७ः४० बजे

