“सेकेण्डरी ए लेभल” अस्पतालहरुको मुल्याकंनमा देशभरमै प्रथम बन्यो बर्दिया अस्पताल

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल ९५ प्रतिशत अंक ल्याउँदै देशभरीका सेकेण्डरी ए लेभल अस्पतालहरुमा प्रथम भएको छ । आर्थिक वर्ष ०७९/८० मा अस्पतालले आफूलाई उत्कृष्ट बनाउन सफल भएको अस्पतालका सूचना अधिकारी द्रोण विक्रम पंन्थीले जानकारी दिनुभयो । सरकारबाट खटिएको अनुगमन टोलीले विभिन्न सूचकहरुलाई आधार मानेर अस्पतालमा अनुगमन गरी मुल्याकंन गरेको थियो ।

यस्तै देशभरबाट ९४ प्रतिशत अंक ल्याउँदै नुवाकोट जिल्लाको त्रिशुली अस्पताल दोस्रो र धादिगं अस्पताल तेस्रो भएका छन् । गत वर्ष बर्दिया अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेकोमा यस वर्ष उसले ९ प्रतिशत अंक बढाउन सफल भएको हो । लुम्बिनी प्रदेशमा भने बर्दिया अस्पताल विगतका वर्षदेखि नै प्रथम हुदैैं आइरहेको थियो ।
प्रथम भएपछि बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले टीमकै कारण अस्पतालले अपेक्षित प्रगति हासिल गरेको बताउनुभयो । गत आर्थिक वर्षमा अस्पतालले १०७४७८ जना बिरामीलाई सेवा दिएको थियो ।


प्रकाशित मितिः २०७९ असोज ७ गते, दिउँसो ३ः१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *