नेपाल स्वास्थ्य डेस्क,

प्यूठानको सदरमुकाम खलंगामा वि.स. २०२७ सालमा जन्मिनु भएका डा. किरण किशोर नकर्मी परिवारका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छो छोरा हुनुहुन्छ । एसएलसी प्यूठानबाटै पास गरेपछि उच्च शिक्षाको अध्ययनको लागि काठमाण्डौं आउनु भएका डा. किरण वर्न तथा प्लाष्टिक सर्जनको रुपमा नेपाल तथा विश्वमा प्रख्यात हुनुहुन्छ । अझ सौभाग्य उहाँ नेपालकै पहिलो ह्याण्ड सर्जन समेत हुनुहुन्छ ।
ओठ तथा तालु फाटेका र जलन भएका थुप्रै बिरामीको उपचार गर्नुभएका उहाँ काठमाण्डौंको कीर्तिपुर अस्पतालमा कार्यरत हुुनुहुन्छ । देशका विभिन्न भागमा जलनका घटनालाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि गर्ने काममा समेत उत्तिकै सक्रिय डा. किरण नेपाल बर्न फाउण्डेशनका महासचिव समेत हुनुहुन्छ । नेपालको प्लाष्टिक सर्जरीको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका डा. किरणसँग नेपाल स्वास्थ्य डटकमले उहाँको नीजि जीवनसँग नजिक रहेर छोटो संवाद गरेको छ । प्रस्तुत छ उहाँसँगको संवाद ।
जन्मस्थानः खलंगा ६, हालको मल्लरानी गाउँपालिका-४ प्यूठान जिल्ला, लुम्बिनी प्रदेश
बाल्यकालः गाँउमै
विद्यालय शिक्षाः महेन्द्र माध्यमिक विद्यालय, खलंगा प्यूठान (२०४३ सालको एसएलसी)
उच्च शिक्षा अध्ययनः त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानसँगै अमेरिका र अष्ट्रेलिया
जीवनको महत्वपूर्ण क्षणः डाक्टर बन्दा
निराश भएको समयः बुबाआमा गुमाउँदा
सबैभन्दा खुसीको क्षणः बिरामीलाई बचाउन पाउँदाको हरेक क्षण
सम्झनामा आइरहने बिरामीः अनगिन्ती
स्वस्थ्य रहने उपायः आफ्नो लागि समय निकाल्नुहोस्
प्रेरणादायी व्यक्तित्वः आफ्नो बुबा, प्रा.डा.गोबिन्द प्रसाद शर्मा, प्रा.डा.शंकरमान राई
अरुलाई सन्देशः जीवनमा हामिले प्राप्त गर्ने उपलब्धिमा जति मेहनत गरेको हुन्छ उति नै दीर्घकालिन हुन्छन् । बिना मेहनत पाइने उपलब्धिहरु क्षणिक हुन्छन् ।



प्रकाशित मितिः २०७९ असोज ८, बिहान ७ः५९ बजे

