जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । सन् २०२२को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) नतिजाले समग्र नेपालीको स्वास्थ्यमा सुधार भएको देखिएको छ ।

सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ । नेपालमा सन् १९९६ पछि गरिएको यो छैठौँ जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो ।

स्वास्थ्य सर्वेक्षण २०२२ को उद्देश्यहरू आधारभूत जनसांख्यिकीय र स्वास्थ्यको अद्यावधिक अनुमानहरू प्रदान गर्नु रहेको रिपोर्टमा उल्लेख गरिएको छ । विशेष रूपमा, यो सर्वेमा नेपालको जनसंख्यामा कुन उमेर समूह र कुन क्षेत्रमा के कस्ता स्वास्थ्य अवस्था छन् र नागरिकको जानकारीमा स्वास्थ्यको जानकारी कस्तो छ भन्ने बारेमा तथ्याङ्क संकलन गरिएको छ । यो तथ्यांकीय रिपोर्टका आधारमा आगामी दिनमा योजना तर्जुमा गर्न सहज र गाइडलाइन बन्ने विश्वास गरिएको छ ।

प्रकाशित मितिः २०८० असार ९ गते, बिहान ८ः३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *