मन्त्रालयले पालिकाहरुलाई भन्योः ‘आधारभूत तहका कर्मचारीको तलबको व्यवस्थापन आफै गर्नू’

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका कर्मचारीको तलबको व्यवस्थापन आफै गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९।०३।२१ मा ५, १० र १५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन । साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ।व।मा स्वास्थ्यकर्मीको तलब, भत्ता व्यवस्थापन पालिकाबाटै हुन।’

मन्त्रालयले स्वीकृत दरबन्दी भित्रको रिक्त पदबाहेक अन्य कुनै पनि पदमा कामकाज गर्न खटाउने गरी सिफारिस नगर्न नगराउन पनि निर्देशन दिएको छ।

प्रकाशित मितिः २०८० असार ६ गते, बिहान ६ः३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *