चुनावमा होमिने स्वास्थ्यसँग सम्बन्धित यी हुन् उम्मेदवार

स्वास्थ्य समाचार हेडलाइन्स

सागर महत, नेपाल स्वास्थ्य

नेपालमा यहि मंसिर ४ गते संघीय र प्रदेशको चुनाव हुँदैंछ । यसैबीच चुनावी सरगर्मी समेत देशमा बढेर गएको छ । हिजो विभिन्न राजनीतिक पार्टीका नेता तथा स्वतन्त्र व्यक्तिहरुले चुनावको लागि आफ्नो मनोनयन समेत दर्ता गरिसकेका छन् । यसैबीच स्वास्थ्यसँग सम्बन्धित केही व्यक्तिहरु पनि यस चुनावी मैदानमा होमिएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता तथा महामन्त्री गगन थापा काठमाण्डौंको क्षेत्र नं.४ बाट उम्मेदवार बनेका हुन् उनी गठबन्धनको साझा उम्मेदवार रहेका छन । त्यसैगरी जसपाका अध्यक्ष तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नं. २ बाट एमाले पार्टीको सहयोगमा उम्मेदवारी दिएका छन् । त्यस्तै पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका नेता दीपक बोहरा रुपन्देही क्षेत्र नं.३ बाट उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन ३ बाट चिकित्सक डा. भोजराज अधिकारीले माओवादीबाट टिकट पाएका छन् ।


पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं.४ बाट चुनाव लड्दैंछन् । रौतहट २ मा काँग्रेसको तर्फबाट फिरदोस आलम पनि गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी डा.निकोलश भुसाल रुपन्देही २,डा. सुदिन शाक्य ललितपुर २, डा. राकेश न्यौपाने बारा १, डा. अर्चन शमशेर राणा काठमाण्डौं ४, डा. नविन मण्डल सप्तरी ३, डा. तोसिमा कार्की ललितपुर ३, डा. राजेन्द्र प्रसाद शाह रौतहट १, डा. सचिन घिमिरे ललितपुर १, डा. रामप्रसाद उप्रेती काठमाण्डौं ५, डा. फडेन्द्र शाह सुनसरी २, डा. प्रविन यादव सिराह ३, डा. मधु गुप्ता पर्सा ३,
त्यस्तै नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६ बाट चुनाव लड्दैंछन् ।


प्रकाशित मितिः २०७९ असोज २४ गते, विहान ५ः३० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *